कैलालीको अत्तरियाबाट अवैध कपडा बरामद

अत्तरिया : कैलालीको अत्तरियाबाट भन्सार छली ल्याएको अवैध कपडा बरामद गरिएको छ । बिहिबार इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखा बाट खटिएका प्रहरी टोलीले गोदावरी नगरपालिका -१ धनगढी रोडबाट भन्सार छली ल्याई बेबारिशे कपडा बरामद गरेको हो ।

Dhangadhi_Tihar 2083

जस अन्तरगत ३४ हजार २ सय मुल्य बराबरका कुर्ती सुट र मेक्सी समेतका कपडाहरु बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बरामद गरिएका कपडा आवश्यक कारबाहीको लागि कैलाली भंसार कार्यालय धनगढीमा बुझाएको प्रहरीको भनाइ छ ।

Loading...