धनगढी : धनगढीको एक होलसेल पसलमा आगलागी भएको छ । बिहीबार राति धनगढी उपमहानगरपालिका-४ स्थित जिएस ट्रेडर्समा आगलागी भएको हो ।

विद्युतको तार सर्ट भएर आगलागी हुँदा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताए ।
श्यामकृष्ण खतिवडाको उक्त होलसेल पसलमा भएको आगलागीबाट साढे २ करोडको रेडिमेट सामान, लुगाकपडाहरु जलेर नष्ट भएको पाण्डेले बताए । उनका अनुसार दुई दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।