धनगढी : कैलालीको गोदावरी धामबाट कुम्भवाटिकाको मुख्य कलश चोरी भएको छ । विहिबार राति ११ बजेको समयमा कुम्भ वाटिकाको मुख्य कलश चोरी भएको हो । कलश चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका-१४ फुलबारीका ३० वर्षीय मोहन कठायत र गोदावरी नगरपालिका-४ हाटखोलीका ३९ वर्षीय बलबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
दुबै जनाबाट कलश पनि तोडफोड गरिएको अवस्थामा बरामद गरिएको छ । दुबै जना विरुद्ध चोरीको मुद्दा दर्ता भएर म्याद थप गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।