कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरपालिका-७ काङ्ला पुलस्थित खोलामा डुबेर सोही ठाउँ बस्ने ४३ वर्षीय दिल बहादुर रैकालको बिहीबार राति मृत्यु भएको छ ।

खोलामा पिसाब फेर्न गएका बेला एक्कासि खोलामा ढलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...