कैलालीमा सर्पले टोक्दा एक पुरुषको मृत्यु

धनगढी : कैलालीमा एक पुरुषको सर्पको टोकाइबाट मृत्यु भएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका-६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको हो ।

Dhangadhi_Tihar 2083

पदमलाई बिहीबारराति शौचालय जानेक्रममा सर्पले टोकेको थियो । सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो ।

सर्पको टोकाइबाट घाइते भएका पदमको सेति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...