धनगढी : कैलालीको धनगढीमा आँप टिप्दा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-५ तारानगरका ४५ वर्षीय सिद्वराज जोशी घर नजिकैको आँपको रुखबाट खसेर घाइते भएका थिए ।
घाइते भएका जोशीको उपचारका क्रममा निसर्ग हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीषक कबिन्द्रसिंह बोहोराले बताए । जोशीको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।