बैतडी : महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन् ।
बैतडीको शिवनाथ गाउँपालिका-१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो । रजनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छन् ।
शिवनाथ-१ कुस्मतघाटस्थित महाकाली नदीमा आज (शनिवार) बिहान नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो ।
अस्मिताको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।
