कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाईते

कञ्चनपुर : कञ्चनपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक भीमदत्त नगरपालिका-१८ बस्ने २९ वर्षीय सन्जिप चौधरीको मृत्यु भएको हो ।

गएराति १०ः३० बजे बेदकोट नगरपालिका-७ स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०२-००३ प ६९७० नम्बरको मोटरसाइकललाई से १ त ३३६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका चौधरीलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्त घोषणा गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा पछाडी सवार बेदकोट नगरपालिका-८ बस्ने २७ वर्षीय मनोज चौधरी घाईते भएका छन् ।

मनोजको महाकाली प्रादेशिक अस्पताल हुँदै नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक बेलौरी नगरपालिका-६ बस्ने २४ वर्षीय रामु रानालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...