कैलालीको टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु

टीकापुर : कैलालीको टीकापुरमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

टीकापुर नगरपालिका-७ स्थित सडक खण्डमा से १ ह १०९५ नम्बरको अटोले सोही ठाउँ बस्ने पैदल यात्री ६५ वर्षीया पटारी चौधरीलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

अटोले ठक्कर दिँदा चौधरी गम्भिर घाईते भएकी थिइन् । घाईते चौधरीलाई उपचारको लागि टीकापुर अस्पताल टीकापुर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले बताए ।

अटो र अटो चालक टीकापुर नगरपालिका-९ का ४८ वर्षीय तपेन्द्र धामीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको अधिकारीले जानकारी दिए ।

Nabadurga Sunchadi
Loading...