धनगढी : कैलालीको धनगढीमा ६ जना तेस्रो लिङ्गी पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ परेको हो । सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई अनावश्यक हैरानी दिने गरेको भन्दै ६ जना तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
शुक्रबार धनगढी उपमहानगरपालिका-३ चटकपुरमा सडकमा हिडडुल गर्नेहरुलाई अनावश्यक हैरानी गरेपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पर्साको विरगञ्ज महानगरपालिका-४ बस्ने २५ वर्षीया उर्मिला थापा, धनगढी-६ बस्ने १९ वर्षीया रेनुसिंह ठकुरी, गौरीगंगा नगरपालिका-५ बस्ने १८ वर्षीया पारु ठकुरी, वडा नम्बर ४ बस्ने १९ वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका-१० बस्ने १८ वर्षीया निशा बोहरालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।