भारतमा सडक दुर्घटनामा परेर बैतडीकी एक महिलाको मृत्यु

बैतडी : भारतमा सडक दुर्घटनामा परेर बैतडीकी दुर्गा साउँदको मृत्यु भएको छ ।

बैतडीको सिगास गाउँपालिका-७ न्वाघर घर भई हाल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेकी साउँदको सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।

सोमवार दिउँसो ४ बजेतिर ट्राफिक सिग्नल पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा मृत्यु भएको उनका आफन्तले बताए ।

विगत चार वर्षदेखि रोजगारीका लागि श्रीमान प्रेम साउँदसंगै बेंगलोरमा रहेकी दुर्गाको मृत्यु भएको हो । मृतक साउदको एक छोरा रहेको बताइएको छ ।

Dhn_Laingik Hinsa 2082
Loading...