अछाम : अछाममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको तुर्माखाँद गाउँपालिकामा मङ्गलवार दिउँसो एक बालकको ज्यान गएको हो । तुर्माखाँद गाउँपालिका-७ को कालाखोला नजिक सोही गाउँपालिका-६ रानीवन निवासी धर्म कामीका छोरा अन्दाजी १५ वर्षीय बिमल कामीको ज्यान गएको छ ।
करेन्ट लागेर बिमलको घटनास्थलमै ज्यान गएको हो । मृतक र उनका भाइ झंकर विक तुर्माखाँद गाउँपालिकामा अध्ययन सामग्री किन्न गइरहेका बेला घटना भएको बताइएको छ ।
