कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु

अत्तरिया : कञ्चनपुरमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

जिल्लाको कृष्णपुर नगरपालिका-७ शान्तिपुरका राम पाण्डेयको सर्पले टोकेर मृत्यु भएको हो । मंगलबार साँझ पाण्डेयलाई सर्पले टोकेर मृत्यु भएको वडाअध्यक्ष घुम्मन रानाले बताए ।

करिब ४१ वर्षीय पाण्डेय खेतमा काम गरेर घर आउने बेला सर्पले टोकेर उनको मृत्यु भएको वडाअध्यक्ष रानाले बताए ।

Loading...