गोदावरी-१० का वडाध्यक्ष शाहीले गरे एसइईमा ४ जिपिए ल्याउने ठगुन्नालाई नगद सहित सम्मान

अत्तरिया : कैलालीको गोदावरीका एक वडाअध्यक्षले माध्यमिक शिक्षा परिक्षा (एसइई)मा ४ जिपिए ल्याउने एक बिद्यार्थीलाई नगद सहित सम्मान गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाही (गुडुडु) ले एसइई मा ४ जिपिए ल्याएका सोही वडाका निर्मल ठगुन्नालाई नगद सहित सम्मान गरेका हुन् ।

अत्तरिया स्थित सत्यवती एकेडेमिमा अध्ययनरत ठगुन्नालाई वडाध्यक्ष शाहीले नगद रु. १५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरेका छन । उनले आफुले पाउने सेवासुविधा वाफतको रकमबाट ठगुन्नालाई सहयोग गरेको बताएका छन् ।

विकट क्षेत्रबाट शिक्षामा फड्को मार्न सफल भएको भन्दै आफुले ठगुन्नालाई सम्मानित गरेको वडाध्यक्ष शाहीले बताएका हुन् । उनले देशभरमै आफ्नो पालिका र वडाको नाम चिनाउदा गर्व महसुस भएको बताउदै ठगुन्नालाई उज्जवल शैक्षिक भविष्यका लागि शुभकामना व्यक्त गरे । आगामी दिनहरुमा पनि वडा र आफ्नो व्यक्तिगत तर्फबाट गर्न सकिने सहयोगका लागि आफु सदैव तत्पर रहेको बताए ।

Loading...