गोदावरी युवा सञ्जालले मनायो २१औँ राष्ट्रिय धान दिवस

अत्तरिया : कैलालीको गोदावरी युवा सञ्जालले २१औँ राष्ट्रिय धान दिवस मनाएको छ । युवा सञ्जालले आज (शनिवार) गोदावरी नगरपालिका-३ मालाखेतीमा धान रोपाइँ गरेर असार १५ मनाएको हो ।

युवाहरूको खेतीपाती प्रति आकर्षण घटिरहेकाले युवालाई आकर्षित गर्न धान दिवस मनाइएको युवा व्यवसायी दीपक ओझाले बताए । सो अवसरमा करिब ८ कट्टा जग्गामा धान रोपिएको उनले बताए ।

दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रमको नेतृत्व युवा व्यवसायी राम चन्द्र सापकोटाले गरेका थिए । ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज (आइतबार) देशभर २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

Deep Jyoti Pustak psl
Loading...