रिकन्डिसन अटो व्यवसायी संघको सुदूरपश्चिम प्रदेश समिति गठन

धनगढी : नेपाल रिकन्डिसन अटो व्यवसायी संघको सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ । हरि रावतको अध्यक्षतामा शनिवार धनगढीमा ७ सदस्यीय प्रदेश समिति गठन भएको हो ।

समितिको उपाध्यक्षमा विवेक शर्मा, कोषाध्यक्षमा सुरेश सापकोटा, सचिवमा विक्रम ऐर तथा सदस्यमा हर्कबहादुर पाल, खेमराज भट्ट र सुजित डगौरा चयन भएका छन् ।

नेपाल अटो रिकन्डिसन व्यवसायी संघका केन्द्रीय अध्यक्ष रमेशप्रसाद कोइरालाको उपस्थितिमा भएको भेलाबाट प्रदेश समिती गठन गरिएको हो ।

Loading...