वर्षाले बैतडीका तीन घरमा क्षति, १५ जनालाई सुरक्षित स्थानमा सारियो

बैतडी : लगातारको वर्षाले बैतडीको तीन घरमा क्षति भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका, पुचौडी नगरपालिका र मेलौली नगरपालिकामा एक-एक घरमा क्षति भएको हो।

वर्षापछि शुक्रबार दशरथचन्द नगरपालlका ९ गुवाडास्थित मनध्वज रानाको दुईतले घर भत्किएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। उक्त घरमा बसोबास नभएकाले मानवीय क्षति भने भएको छैन्।

Dhangadhi_Tihar 2083

मेलौली नगरपालिका २ टाकतोलास्थित सुशिलबहादुर चन्दको दुईतले कच्ची घरमा अविरल वर्षाका कारण घरमा क्षति भएको छ। अविरल वर्षापछि घरमा पानी पसेर पर्खाल भत्किएको हो।

उता पुर्चौडी नगरपालिका नगरपालिका ९ डण्डाखाली रिउले सार्कीको घरमा पहिरोले क्षति गरेको छ । रिउलेको निर्माणाधीन घरमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको हो।

यसका साथै पहिरोकै कारण सोही ठाउँका तीन घर जोखिममा परेका छन्। स्थानीय रिउले सार्की, झुसे सार्की र काशी सार्कीको घर पहिरोको उच्च जोखिममा परेका हुन्। जोखिममा रहेका तीनवटै घरका १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा दुई दिनदेखि वर्षा भइरहेको छ। लगातार वर्षा भइरहेकाले सावधानी अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन्।

Loading...