अत्तरिया : सुदूर पश्चिममा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका-३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको छ । भातकाँडास्थित खानेपानीको मुहान सफा गर्न गर्न गएका पनेरुको माथिबाट आएको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिवारदेखि सम्पर्क बिहीन डोटीको दीपायल सिलगढी नगरपालिका-७ पाकरीकी ४८ वर्षीया चन्दा विष्ट आईतवार खोलासैन सामुदायीक वनमा मृत फेला परेको प्रहरीले जनाएको छ ।