कैलाली : कैलालीमा नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।
जिल्लाको कैलारी गाउँपालिका-९ गधरियास्थित भुरा नदीमा नुहाउने क्रममा बेपत्ता भएका सोही ठाउँ बस्ने अन्दाजी २० वर्षीय अजय रानाको शव सशस्त्र प्रहरीले मंगलबार फेला पारेको हो । राना असार २३ गते नुहाउने क्रममा उक्त नदीमा डुबेर बेपत्ता भएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरबाट खटिएको सुरक्षा फौजले उनको शव डुबेको स्थान भन्दा करिब १९ किलोमिटर तल काठमा अड्किएको अवस्थामा फेला पारेको हो । उनको शव पोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ पठाइएको छ ।
