एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष चन्दको निधन

अत्तरिया : नेकपा एमाले गोदावरी नगर कमिटी कैलालीका उपाध्यक्ष कृतबहादुर चन्दको निधन भएको छ । गोदावरी नगरपालिका-१ भरतपुरका ५४ वर्षीय चन्दको शुक्रबार निधन भएको हो ।

उनि आफू सुत्ने कोठामा पंखामा झुण्डिएको अबस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dhangadhi_Tihar 2083

के कति कारणले आत्महत्या गरेका हुन भन्ने बारेमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उनी गोदावरी नगरपालिका वडा नम्बर १ का पुर्ब वडा सदस्य पनि हुन। चन्दका एक छोरा वैदेशिक रोजगारमा छन् भने छोरी अनुसन्धानमा जागिरे छिन् ।

नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन सुदुरपश्चिम प्रदेश कमिटी सचिब समेत रहेका चन्दको असामयिक निधन प्रति एमालेका नेता तथा कार्यकर्ताले दु:ख व्यक्त गरेका छन् ।

Loading...