उपाध्यक्ष चन्दको निधनप्रति एमाले गोदावरीद्धारा दुःख व्यक्त

अत्तरिया : नेकपा एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष कृत बहादुर चन्दको निधनप्रति एमाले गोदावरी नगर कमिटीले दुःख व्यक्त गरेको छ। शनिवार एमाले गोदावरी नगर कमिटी अध्यक्ष सन्तोष सिंहद्धारा जारी शोक व्यक्तव्यमा चन्दको निधन प्रति दुःख व्यक्त गरिएको हो ।

शोक व्यक्तव्यमा पार्टी निर्माणमा ठुलो भूमिका खेलेका चन्दको निधनले पार्टीमा ठुलो क्षति भएको उल्लेख छ ।

‘भद्रशालीन, मिलनसार छवि बनाउनु भएका कमरेड चन्द कुशल संगठकका रूपमा नेपाल प्रहरीबाट निवृत्त पश्चात् लामो समयदेखि यस क्षेत्रको पार्टी निर्माणमा ठुलो भूमिका निर्वाह गर्नुभएको थियो’ शोक व्यक्तव्यमा भनिएको छ ‘२०७४ सालको स्थानीय तह गोदावरी नगरपालिकाको वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य समेत रहनु भएका चन्दको निधनबाट पार्टीले एक असल, निष्ठवान, निडर, साहसी, क्षमतावान नेता गुमाउन पुगेको छ भने गोदावरी बासीले एक असल समाजसेवी गुमाउन पुगेका छन् ।’

शोक व्यक्तव्यमा दुःखद घडीमा चन्द प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

गोदावरी नगरपालिका-१ भरतपुर निवासी ५४ वर्षीय चन्दको शुक्रवार निधन भएको हो । उनी आफू सुत्ने कोठामा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

नेपाल भुतपुर्व सैनिक तथा प्रहरी संगठन सुदुरपश्चिम प्रदेश कमिटी सचिब समेत रहेका चन्द गोदावरी नगरपालिका वडा नम्बर १ का पुर्ब वडा सदस्य पनि हुन । चन्दका एक छोरा वैदेशिक रोजगारमा छन् भने छोरी अनुसन्धानमा जागिरे छिन् ।

Nabadurga Sunchadi
Loading...