अत्तरिया : नेपाल तरुण दल गोदावरी नगर कार्यसमिती कैलालीले खानेपानीको पाइप हस्तान्तरण गरेको छ । तरुण दल गादावरीले ४२औ वि.पि स्मृति दिवसको अवसर पारेर आईतबार गोदावरी-४ भ्यागुते पानिमा पाईप हस्तान्तरण गरेको हो ।

७० मिटर ३२ एमएम खानेपानीको पाईप हस्तान्तरण गरिएको तरुण दल गोदावरीका नगर अध्यक्ष रमेश भट्टराईले बताएका छन् । उनले बैशाख जेष्ठको डढेलोले खानेपानीको पाईप जलेको हुँदा स्थानियलाई आवश्यक पाईप हस्तान्तरण गरिएको बताए ।
डढेलोबाट पाईप जल्दा त्यहाका स्थानियले खानेपानीका लागि अर्को गाउँमा गएर बोकेर ल्यायर खानुपर्ने बाध्यता रहेको थियो । सोहि समस्यालाई मध्यनजर गर्दै खानेपानीको पाईप हस्तान्तरण गरेको तरुण दल गोदावरीका नगर अध्यक्ष भट्टराईले बताए ।
पाईप पाएपछि खानेपानिको समस्या सामाधान हुने भन्दै स्थानिय हर्षित भएका छन् भने नेपाल तरुण दल गोदावरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।