सशस्त्र प्रहरीद्वारा मोहना नदीमा फसेका धनगढीका २५ जनाको उद्धार

काठमाडौँ : वर्षासँगै आज मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

Dhangadhi_Tihar 2083

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१४ का बासिन्दाहरू नदी पार गरी घाँस काट्न गएकोमा नदीमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरू नदीपारी अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलबारीबाट खटिएको सुरक्षाफौजले रबर बोट प्रयोग गरी उद्धार गरेको हो ।

Loading...