कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

अत्तरिया : कैलालीको अत्तरियामा अनैतिक क्रियाकलापमा संलग्न होटल संचालकसहित ३ जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-२ स्थित हिटन भनिने अतिथि होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित दुई जना पुरुष र एक जना महिला लाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीहरुलाई आईतबार साँझ नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Loading...