आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषालाई सम्मान

धनगढी : भुटानको राजधानी थिम्पुमा सम्पन्न आठौँ एसियन कराँते प्रतियोगितामा स्वर्ण पदक बिजेता कैलालीकी मनिषा बोहरालाई स्वागत तथा सम्मान गरिएको छ ।

कैलालीको गौरिगगां नगरपालिका वडा नम्बर १० घर भएकि मनिषा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकि थिइन् । नेपाललाई स्वर्ण पदक जिताउन सफल भएकि मनिषालाई उनका प्रशिक्षक सहित स्थानियले गृह नगरमा स्वागत तथा सम्मान गरेका हुन् । नेपाल खेलकुद महासघं गौरिगगां नगर कमिटि अध्यक्ष समेत रहेका कराँते प्रशिक्षक अशोक चन्द लगायतले मनिषालाई स्वागत तथा सम्मान गरेका हुन् ।

भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्य जित्दै कुल ६२ पदकसहित टिम प्रथम भएको थियो ।

नेपाललाई पुरुष क्याडेटतर्फ ५२ किलोमा समन श्रेष्ठ, ६३ किलोमा साहिल राई, जुनियर तर्फ ६८ किलोमा निशान तामाङ, त्यसैगरी यू-२१ को ८४ किलोमा गौरव नेपाल, ८४ किलोमा आशिष श्रेष्ठ, पुरुषकै सिनियर तर्फ ५५ किलोमा एलोन श्रेष्ठ, ६७ किलोमा सन्तोष श्रेष्ठ, ८४ किलोमा मोहम्मद सेखु आलम र ८४ किलोमा विप्लब लाल श्रेष्ठले स्वर्ण दिलाए ।

क्याडेटको महिलातर्फ ४२ किलोमा वर्षा राई, ४७ किलोमा प्रोसिया चौधरी, ६१ किलोमा मनिषा कुमारी बोहरा, महिलातर्फकै जुनियर ४२ किलोमा सुस्मिता वाईवा, ५३ किलोमा समीक्षा ढुंगाना, यू-२१ को ४५ किलोमा प्रियन्का शाही, ५० किलोमा अन्जली महर्जन र ५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाएका थिए । त्यसैगरी महिला सिनियरतर्फ ४५ किलोमा वर्षा बुढामगर, ६१ किलोमा निरुपा तामाङग र ६८ किलोमा १९औँ एसियाडकी रजत पदक बिजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन् ।

Loading...