राना समुदायमा ‘सावनको डोला’को रौनक

धनगढी : कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायमा ‘सावनको डोला’को रौनक सुरु भएको छ । राना बसोबास गर्ने गाउँमा साउनको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने चलन छ । यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन् । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समूहमा पिङ हालेर खेल्ने र सावनका डोला मनाउने परम्परा छ ।

तीज सुरु हुनुभन्दा एक महिनाअघिदेखि नै राना समुदायमा ‘सावनको डोला’ को रौनक छाउँछ । परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै डोला खेल्दै रमाइलो गर्दछन् । यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको राना समुदायका जानकारहरु बताउँछन् ।

Dhangadhi_Tihar 2083

भीमदत्त नगरपालिका-१९ का साहेब रानाले साउन १ गतेदेखि नै राना गाउँमा सावनको डोला पिङ हाल्न सुरु गरेको बताए । हाम्रो समुदायले साउनमा मनाउने गरेको तीज पर्व लामो हुन्छ उनले भने, तीजअघि नै हाम्रो समुदायमा सावनको डोला राख्ने चलन छ । उनले विशेषगरी दिदीबहिनीले पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गरेको जानकारी दिए ।

राना समुदायका महिलाले दाजुभाइ र भतिजाको दीर्घायुका लागि व्रत बसेर तीज मनाउने प्रचलन रहेको स्थानीय राजमती रानाले बताए । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायमा तीज पर्व आउन एक महिनाअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने र तीज पर्व मनाउने चलन रहेको उनले बताए । राना समुदायका पर्वहरू पुस्तान्तरण हुन सकेका छैनन् ।

समुदायका जानकार सेटसिंह रानाले भन्ने बदलिँदो समयसँगै हाम्रा पर्व पनि लोप हुन थालेका छन् । उनले अहिले पिङ राख्न काठ पाउनै मुस्किल पर्ने गरेको बताए । अहिलेका युवालाई यसप्रति चासो छैन, धेरै रोजगारीका लागि बाहिर छन्, एक महिनासम्म मनाउने यो पर्व कम थालेको छ । उनले भने, हाम्रा परम्पराहरू अन्य समुदायको भन्दा पृथक छन्, यसको पुस्तान्तरण हुनु जरुरी छ ।

Loading...