अत्तरिया : कैलालीको अत्तरिया स्थित एक होटलबाट युवा युवती पक्राउ परेका छन।

शुक्रबार गोदावरी नगरपालिका-१ मा रहेको पुजा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न युवा युवती पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा ३६ वर्षीय पुरुष र २१ वर्षीय महिला रहेका छन ।
उनीहरुलाई गोप्य सुचनाको आधारमा होटलको एउटै कोठा भित्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।