कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ झलारीबाट पश्चिम तर्फ गइरहेका शुक्लाफाँटा-५ गर्जमुनिका ४० वर्षीय खडक साउँद आइतवार साइकलबाट लडेर नालिमा रहेको सरीया टाउकोमा लागेर घाइते भएका थिए ।

टाउकोमा सरीया पसेर घाइते भएका बोहरालाई उपचारको लागि निसर्ग अस्पताल धनगढी हुदै नेशनल मेडिकल कलेज कोहलपुर रिफर गरिएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि भारत लगेकोमा आज (सोमवार) उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...