गेटामा घाइते फेला परेकी महिलाको मृत्यु

अत्तरिया : कैलालीमा एक महिलाको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

जिल्लाको गोदावरी नगरपालिका-५ गेटा मेडीकल कलेज नजिक नाम, थर नखुलेकी घाइते अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

अन्दाजी ३५ वर्षकी महिला टाउको पछाडीको भागमा चोट लागेर घाईते अवस्थामा फेला परेकी थिइन् ।

अत्तरीयामा रहेको पदमा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

Loading...