कञ्चनपुर : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडी सडकमा से ३ प ५९१ नम्बरको मोटरसाइकल नियन्त्रित भई दुर्घटना हुँदा सोहि ठाउँका ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार राति दुर्घनामा परि गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।