अत्तरिया : नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघ कैलालीको सभापतिमा लोकराज पन्त चयन भएका छन । मंगलबार अत्तरिया स्थीत नमस्ते पार्टी प्यालेसमा सम्पन्न संघको २८औ वार्षिक साधारण सभा तथा छैटौ जिल्ला अधिवेशनले पन्तको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपसभापतिमा विर बहादुर पाल, सचिवमा देव बहादुर चन्द, सह सचिवमा नवल सिँह रोकाया र कोषाध्यक्षमा जगत सिँह धामी चयन भएका छन ।
यस्तै सदस्यहरुमा सुस्मीता जोशी, द्रोपती शाही, भानुभक्त भट्टराई, खगेन्द्र नाथ र रमेश आचार्य रहेका छन । बाँकी रहेका एक जना सदस्यलाई पछि मनोनित गरिने बताईएको छ ।

संघका अध्यक्ष केशव दत्त पाण्डेयको सभापतित्वमा भएको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सुदूरपश्चिम पृतनाका महासेनानी जितेन्द्र गौलि प्रमुख अतिथि रहेका थिए ।
सभामा संघका अध्यक्ष पाण्डेयले संस्थाको हालसम्मको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राम बहादुर शाहीले संस्थाको हालसम्मको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संघमा आवद्ध विभिन्न तहका व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव जित मल्ल्ले गरेका थिए ।
