अत्तरिया : कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ ।

आज (बुधबार) साँझ गोदावरी नगरपालिका-३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् ।
उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।