अत्तरिया : आर्थिक अभावका कारण कैलालीको गोदावरी नगरपालिका-३ चौकिडाँडाँका बिरेन्द्र खत्रीको उपचारमा समस्या भएको छ । जिब्रो र घाँटीको क्यान्सर रोगबाट पिडित २८ बर्षिय खत्रीको उपचारमा धेरै रकम लाग्ने भएपछि खर्च जुटाउन धौधौ परेकाले परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।
घरायसी अवस्था कम्जोर रहेका खत्रीको परिवारलाई आर्थिक समस्या परेका कारण अहिले गाउँघरका साथिभाइहरुले बिरबहादुर बचाउ अभियान सञ्चालन गरेर सहयोगी मनहरुबाट आर्थिक रकम संकलन शुरु गरिएको छ ।
सबैबाट सरसापट गरेर भरतपुरको नेश्नल सिटि प्राईभेट अस्पतालमा पहिलो चरणको उपचार गरिएको उनका आफ्न्त लोक खत्रीले बताए । उनले सरकारी अस्पतालमा पालोकुर्नुपर्ने र धेरै समय लाग्ने भएकाले बिरामीको अवस्था अनुसार चाँडै उपचार गर्नुपर्ने हुनाले प्राईभेट अस्पतालमा उपचार गरिएको बताएका छन् ।
‘सरसापट गरेर अहिले भरतपुरको नेश्नल सिटि प्राईभेट अस्पतालमा पहिलो चरणको उपचार गर्यौ ।’ बिरामीका आफ्न्त लोक खत्रीले भने ‘सरकारी अस्पतालमा पालो कुर्नुपर्ने रहेछ तर बिरामीको अवस्था अनुसार चाडै उपचार गर्नुपर्ने भएकाले प्राईभेट अस्पतालमा अप्रेसन गर्नुपर्यो, अप्रेसनमा धेरै खर्च लाग्यो अझै डाक्टरका अनुसार धेरै उपचार बाँकि नै छ ।’
जिब्रोमा लागेको क्यान्सर अहिले घाँटी सम्म पुगेको छ । भारतमा काम गर्दै आएका खत्री अहिले क्यान्सर लागेर थला परेका छन् । उनको भरमा निर्भर रहेको परिवार अहिले उनकै उपचारमा आर्थिक सहयोगका लागि सबैसंग आग्रह गरिरहेको छ ।
परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै इच्छुक सहयोगी दाताले पिडित बिर बहादुर खत्रीको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०७१५७५३१७७८६६००१ र ९७६६५६८४६१ नम्बर रहेको ईसेवामा सहयोग रकम जम्मा गरिदिन परिवारबाट अपिल गरिएको छ ।

