बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु

बाजुरा : विद्युत् लाइन विस्तारका क्रममा बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बडिमालिका नगरपालिका-७ का ३३ वर्षीय मनबहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीका अनुसार विद्युत् लाइन विस्तारका क्रममा सोही नगरपालिका-६ जडनङ्गामा बिष्टलाई करेन्ट लागेको थियो ।

बडिमालिका नगरपालिका-६ को जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाइते भएपछि उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले जानकारी दिए ।

Loading...