गोदावरी-४ मा एक बालकको शव फेला

अत्तरिया : कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका-४ बसन्तपुरका १० वर्षीय बालक सुनील साउँदको सोमबार साँझ शव फेला परेको हो ।

Dhangadhi_Tihar 2083

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बालकको शव घरभित्र कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताए ।

उनले घटनाको अनुसन्धान भइरहेको बताउँदै शव परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको बताए ।

Loading...