अत्तरिया : सर्पले डस्दा कैलालीको गोदावरी नगरपालिका-१० खमौराका एक बालकको मृत्यु भएको छ ।

सर्पले डस्दा घाइते भएका अखिल मालीको सोमबार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए । उनको मृत्यु भएको शोकमा आज खप्तड विद्या निकेतनले शोक विदा दिएको छ ।