धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका-३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्री सडकमा घोडाघोडी नगरपालिका-२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।