धनगढी : कैलालीको धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-१ को चकमेली चोक नजिकै युवती मृत अवस्थामा फेला परेकी हुन ।

कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीमा डेरा गरि बस्दै आएकी १९ वर्षीया आस्था थापा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले थापा आइतबार दिउँसो डेरा गरि बस्ने कोठामा मृत भेटिएको बताए ।
उनी कोठाको झ्यालमा झुन्डिएको अवस्थामा भेटिएपनि घटना शंकास्पद रहेको छ। उनको शरीरमा घाउ,चोटपटक रहेको प्रहरीको भनाइ छ । थापा शैलेश्वरि फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढ्दै आएकी थिइन् ।