गेटामा म्याजिक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

८ जना घाइते

धनगढी : कैलालीमा म्याजिक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । गेटा अस्पताल नजिक म १ ज १६१ नम्बरको म्याजिक र से ६ प ८४२३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घना भएको हो ।

Dhangadhi_Tihar 2083

उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीका बिस्राम चौधरीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार रहेका धनगढी उपमहानगरपालिका-२ का रामप्रसाद चौधरी घाइते भएका छन् । उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै म्याजिकमा चालकसहित ८ जना सवार रहेकोमा ७ जना घाइते भएका छन् । घाइते हुनेमा भीमदत्त नगरपालिका-६ की ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयन श्रेष्ठ रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको छ। घाइते दुई जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

म्याजिकमा सवार अन्य ५ जना सामान्य घाइते भएका छन् । म्याजिक चालक प्रकाश बोहोरा र म्याजिकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...