धनगढीबाट बाल यौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

धनगढी : कैलालीको धनगढीबाट बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-८ मा बसोबास गर्दै आएका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेना बाल यौन दुरुपयोगको आरोपमा पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित बहिनीको कोठामा १७ वर्षीया आफ्नै विद्यार्थीमाथि बाल यौन दुरुपयोग गरेको आरोपमा शिक्षक तिमिल्सेना माथि लागेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले गत बिहिवार शिक्षक तिमिल्सेनाले बाल यौन दुरुपयोग गरेको भन्दै उजुरी परेको जनाएको छ ।

Dhangadhi_Tihar 2083

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थायी घर भएका तिमिल्सेना धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका शिक्षक हुन । प्रहरीले जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै १२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाईपनि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्ववहार गरेको बताए ।

उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको बताइएको छ ।

Loading...