डोटीमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

डोटी : डोटीमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बुधबार दिउँसो पूर्वीचौकी गाउँपालिका-५ उपरकाँडाका ५० वर्षीय पदी साउदले ४५ वर्षकी श्रीमती नरु साउदको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् ।

प्रहरीले उनलाई घटना भएको एक घण्टाभित्र हत्या गरेर भाग्दै गरेको अवस्थामा पूर्वीचौकीबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ ।

श्रीमान् श्रीमतीबिचमा भएको विवादले यस्तो घटना घटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईले बताए ।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।

Loading...