अत्तरिया : कैलालीको स्याउलेमा गौरा मेला कार्यक्रमको आयोजना गरिने भएको छ । गोदावरी नगरपालिका-८ स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिर परिसरमा भदौ १० गते देखि गौरा विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हरेक बर्ष झै यसबर्ष पनि भदौ १० गते देखि १६ गतेसम्म मेला लाग्ने गौरा मेला समितिका संयोजक गोपाल देउवाले बताएका छन् । विगतका वर्षहरूमा झै यस वर्ष पनि गौरा पर्वको संस्कृति संरक्षण गर्नको लागि मेला आयोजना गरिएको बताउदै संयोजक देउवाले गतसाल भन्दा यसपाली फरक तरिकाले भव्य र सभ्य गर्ने बताएका छन् ।

मेलामा दुई दिन स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ भने अन्य ४ दिन सुदुरपश्चिमका विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको उपस्थिति रहने जनाईएको छ ।
मेला आयोजना गर्नका लागि मुल समिती र उपसमिती रहेको छ । गौरा मेला सञ्चालनका लागि स्थानीय महिलाहरुको उपसमिति समेत बनाएर यस क्षेत्रका महिलाहरुले उक्त मेला अवधि भरी आफ्नो देउडा प्रस्तुति गर्ने भएका छन् । मेलामा यस क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरूलाई पनि संस्कृतिको जगेर्ना गर्नका निम्ति सहभागी गराएर उनीहरु भित्र रहेको कलालाई प्रस्तुत गर्न लगाउने संयोजक देउवाले बताए ।
मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न सबैलाई सहयोगका लागि गौरा मेलाका संयोजक देउवाले आग्रह गरेका छन् । ७ दिन सम्म संचालन हुने गौरा मेलामा २ देखि ३ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको गौरा मेला समितिका संयोजक देउवाले बताएका छन ।