धनगढी : कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका-७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो ।

सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का स्थानीय धनीराम घर्तीमगरले बताए । ५ वर्षीया काजल र ६ वर्षीया लिजा घर्तीमरलाई शुक्रबार राति सुतिरहेको अवस्थामा सर्पले डसेको थियो । सर्पले डसेपछि दुबै बालिकाको मृत्यु भएको छ ।
सोही समयमा बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको छ । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।