डोटी : डोटीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।
जोरायल गाउँपालिका-६ की १८ वर्षीया दुर्गा साउँदको मृत्यु भएको हो ।
शनिबार घरमै चट्याङ लागेर घाइते भएकी उनको आज (आइतबार) बिहान धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।