धनगढी : नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त परामर्श समिति बैठक धनगढीमा शुरु भएको छ । आज धनगढीको स्वास्थ्य तालिम केन्द्रमा बैठक शुरु भएको हो ।
परामर्श बैठकमा भाग लिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित शीर्ष नेताहरू धनगढी पुगेका छन् । दाहाल सहित बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्धय अग्नि सापकोटा र पम्पा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणी पोखरेल, जनाद्र्धन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेताहरु सहभागी छन् ।
साउन ३१ गते सम्पन्न पार्टीको स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीका बिचमा छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेअनुसार सुदूरपश्चिमको बैठक बसेको हो ।
बैठकमा स्थायी समितिको निर्णय र परिपत्रसहितका प्रस्तावमाथि छलफल हुनेछ । यसअघि गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको थियो ।
धनगढीमा बसेको बैठकले सुदुरपश्चिम प्रदेशमा देखिएको ससंदिय दल सम्बन्धी बिवाद हल हुने बताइएको छ ।