धनगढी देखी साँफे र बझाङ आज देखी नियमित उडान

धनगढी : समिट एयरले आजदेखी बझाङ र अछामको साँफेमा नियमित उडान गर्ने भएको छ । धनगढी बिमानस्थलबाट बझाङ र साँफे उडान नियमित गर्ने समिट एयरले जनाएको छ ।

समिटले प्रत्येक हप्ताको सोमबार र बिहिबार नेपालगन्ज देखी धनगढी र धनगढी देखी बझाङ र साँफे उडान भर्ने समय तालिका राखिएको छ । नेपालजञ्जबाट हुम्ला-सिमिकोट उडान गरेर विहान करिब ९ बजेट धनगढी आउने र धनगढी-बझाङ-धनगढी र धनगढी-साँफे र नेपालगन्ज उडान भर्ने तालिका बनाइएको छ। यो सोमबार उडाउन भर्ने कार्यतालिका हो ।

Dhangadhi_Tihar 2083

अर्को उडान बिहिबार सिमिकोटबाट धनगढी-बझाङ र त्यहाँबाट नेपालगन्ज हुने तालिका रहेको छ । समिट एयरले सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित उडान गर्ने योजना बनाएपनि मौसम लगायतका बिभिन्न कारण उडान कार्य अवरुद्ध बन्न पुगेको थियो ।

२०३५ सालदेखी पुर्ण रुपमा बन्द रहेका बझाङ लगायतका बिमानस्थल पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्र गरेपछि नियमित उडान सुरु भएको थियो ।

यसअघि धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न परीक्षण उडान गरिएको थियो । समिट एयरले धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गरेको थियो ।

Loading...