मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

विराटनगर : मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको ज्यान गएको छ ।

शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका-६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को९प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ-१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Nabadurga Sunchadi
Loading...