काठमाण्डौ : हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने विश्व संस्कृत दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा २०७५ सालदेखि विश्व संस्कृत दिवस मनाउन शुरू भएको हो ।
संस्कृत भाषामा निहित ज्ञानसम्पदाबारे विश्व समुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको सङ्कल्पकर्ता डा.निर्मलमणि अधिकारीले बताए ।
प्राचीनकालमा शैक्षिक सत्रको प्रारम्भ साउन शुक्ल पूर्णिमाकै दिनदेखि शुरू गरिने हुनाले पनि यसै दिनलाई विश्व संस्कृत दिवसका रूपमा मनाउन थालिएको र विश्व संस्कृत दिवसलाई आधिकारिकता प्रदान गर्नका लागि संयुक्त राष्ट्रसङ्घ समक्षसमेत प्रस्ताव लगिने पनि उनले जानकारी दिए ।