काठमाडौं : नेपाल प्रिमियर एनपीएलमा आज दुई खेल हुँदैछन् । सोमबारबाट सुरु भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् ।
आज दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् ।
त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।
विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् ।
त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् ।
त्यस्तै, साँझ मैदान उत्रिन लागेको जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन् । जनकपुरमा उनीबाहेक कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश छन् ।
त्यसैगरी, जनकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि छन् ।
जनकपुरविरुद्ध मैदान उत्रिने कर्णालीको टिममा सोमपाल कामी कप्तान छन्। यस टिममा डेभिड मिलर,नन्दन यादव, युवराज खत्री, पवन सर्राफ छन् ।
त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन् । सोमबारदेखि सुरु भएको एनपीएलको मङ्सिर ५ गते फाइनल खेल हुनेछ ।