गोदावरी-१ वनदेवी टोलमा ६ तोला सुन र डेढ लाख नगद चोरी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१, वनदेवी टोलस्थित हरिमोहन भट्टको घरबाट ६ तोला सुन, २ तोला चाँदी र १ लाख ५० हजार रुपैयाँ नगद चोरी भएको छ ।

दशैं मनाउन बैतडी गएको समयमा घरमा कोही नभएको मौका छोपेर चोरी भएको भट्टले बताएका छन् । उनका अनुसार असोज २४ गते दशैं मनाउन बैतडी गएका उनीहरू कार्तिक ५ गते घर फर्किँदा चोरी भएको थाहा पाएका थिए ।

स्थानीयका अनुसार असोज ३१ गते राति टोलका अन्य घरमा पनि चोरी भएको थियो । सोही रात आफ्नो घरमा पनि चोरी भएको हुन सक्ने भट्टले बताएका छन् ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको र चोरीमा संलग्न व्यक्तिको पहिचानका लागि आसपासका घरमा रहेका सीसीटीभी फुटेज जाँच भइरहेको भट्टले बताए ।

Loading...